Online Nepal
  • बुधबार, १० पुष २०८१
  • पहिलो पटक स्पेन महिला विश्वकपको क्वार्टरफाइनलमा

    पहिलो पटक स्पेन महिला विश्वकपको क्वार्टरफाइनलमा

    अनलाइन नेपाल
  • शनिबार, २० साउन २०८०
  • 1K
    SHARES

    एजेन्सी । स्पेन पहिलो पटक महिला विश्वकपको क्वार्टरफाइनलमा पुगेको छ ।

    न्युजिल्याण्डको इडनपार्कमा भएको खेलमा स्पेनले स्वीट्जरल्याण्डमाथि ५–१ गोल अन्तरको जित निकालेको हो ।



    पाँच दिनअघि मात्र समूह चरणको अन्तिम खेलमा जापानले स्पेनलाई ४–० ले हराएको थियो । आज भने स्वीट्जरल्याण्डविरुद्ध स्पेन हावी भयो ।



    स्पेनले पाँचौं मिनेटमा आइटाना बोनमाटीको गोलबाट अग्रता लिएको थियो । ११ औं मिनेटमा लाइआ कोडिनाले आत्मघाती गोल गरेपछि खेल बराबरीमा पुग्यो ।

    कोडिनाले आफ्नै गोल किपरलाई पास दिएको बल पोस्ट भित्र पुग्यो ।

    अब उसले नेदरल्याण्ड्स र दक्षिण अफ्रिकाबीच आइतबार हुने खेलको विजेतासँग शुक्रबार सेमिफाइनल प्रवेशका लागि खेल्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार