Online Nepal
  • बुधबार, २३ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्डले भने – गौर हत्याकाण्डका पीडितलाई न्याय दिलाउँछौं

    प्रधानमन्त्री प्रचण्डले भने – गौर हत्याकाण्डका पीडितलाई न्याय दिलाउँछौं

    अनलाइन नेपाल
  • शनिबार, २० साउन २०८०
  • 555
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रौतहटको गौर हत्याकाण्डका पीडितलाई न्याय दिलाउने बताएका छन् ।

    प्रधानमन्त्री निवास बालुवाटारमा आज पीडितहरूसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले पीडित यस्तो आश्वासन दिएका हुन् ।



    पीडितहरूसँगको भेटमा उनले पीडितसँग वार्ताका लागि छिट्टै गृह सचिवको संयोजकत्वमा समिति बनाउने बताए ।



    सोह्र वर्ष अघि गौरमा भएको घटनामा परेर तत्कालीन नेकपा माओवादीका २७ कार्यकर्ताको निधन भएको थियो ।

    सो घटनाका पीडितले विभिन्न माग राखी आन्दोलनका कार्यक्रम सार्वजनिक गरेपछि प्रधानमन्त्री दाहालले वार्तामार्फत समस्याको समाधान गर्ने प्रतिबद्धता जनाए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार