Online Nepal
  • बुधबार, २३ असोज २०८१
  • गौर हत्याकाण्डका पीडित र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता, गृहसचिवको नेतृत्वमा वार्ता टोली बनाइने

    गौर हत्याकाण्डका पीडित र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता, गृहसचिवको नेतृत्वमा वार्ता टोली बनाइने

    अनलाइन नेपाल
  • शनिबार, २० साउन २०८०
  • 729
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार बिहान गौर हत्याकाण्ड पीडितसँग वार्ता गरेका छन् ।

    भेटका क्रममा प्रधानमन्त्री प्रचण्डले छिट्टै सचिवको नेतृत्वमा वार्ता टोली बनाउने र ठोस सहमति गर्ने बताएका छन् ।



    प्रधानमन्त्री प्रचण्ड र आन्दोलनरत पक्षबीच शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा वार्ता भएको थियो । गौर हत्याकाण्डका पीडितहरू लामो समयदेखि न्यायका लागि संघर्ष गरिरहेका छन् ।



    उनीहरूले धर्ना र प्रदर्शनलगायतका आन्दोलनका कार्यक्रम गररहेका छन् । प्रधानमन्त्री प्रचण्डले पीडितहरुको माग सम्बोधन गर्न गृहसचिवको नेतृत्वमा वार्ता टोली बनाउने र ठोस सहमतिका साथ अगाडि बढाउने प्रतिवद्धता जनाएका छन् ।

    छलफलमा प्रधानमन्त्रीले गृहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने प्रतिबद्धता जनाएका छन् ।

    १७ वर्षअघि रौतहटको राइस मिलमा माओवादी र तत्कालीन मधेशी जनअधिकार फोरम नेपालबीच भएको झडपमा माओवादीका २७ जना नेता तथा कार्यकर्ताको निधन भएको थियो ।

    निधन भएका परिवारले न्यायको माग गर्दै आन्दोलन गर्दै आएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार