काठमाडौं । आइसिसी महिला टी–२० विश्वकपको उपाधि अस्ट्रेलियाले जितेको छ। आइतबार मेलवर्नमा भएको विश्वकपको फाइनलमा भारतलाई ८५ रनले पराजित गर्दै अस्ट्रेलिया पाँचौ पटक उपाधि उचालेको हो ।
अस्ट्रेलियाले दिएको १८५ रनको लक्ष्य पछ्याएको भारतले ५ बल खेल्न बाँकी छदा ९९ रनमै अलआउट भयो। भारतका लागि दिप्ती शर्माले सबैभन्दा बढी ३३ रन जोडिन्।
अस्ट्रेलियाका लागि बेथ मुनीले ७८ रन र एसिया हेलीले ७५ रन जोडे। मुनीले ८५ बलमा १० चौका र हेलीले ३९ बलमा ७ चौका र ५ छक्काको स्कोर तय गरिन् ।
यसअघि अस्ट्रेलियाले २०१०, २०१२ र २०१४ को विश्वकप जितेर उपाधिमा ह्याट्रिक गरेको थियो। २०१६ को फाइनल पुग्न नसकेको अस्ट्रेलिया २०१८ मा पनि च्याम्पियन बनेको थियो।
Leave a Reply