काठमाडौं । गृह मन्त्रालयले भारतको उत्तराखण्ड राज्यमा गएको पहिरोमा परी बेपत्ता भएका नेपालीको खोजी तथा उद्धारका लागि आवश्यक समन्वय गर्न परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको छ ।
केदारनाथ यात्रा मार्गको गौरीकुण्ड डाटपुलिया नजिक गएको पहिरोमा परी नेपाली नागरिक बेपत्ता भएको विषयमा समन्वयका लागि गृहले परराष्ट्रलाई अनुरोध गरेको हो ।
स्थानीय हिलवाणी न्युज पोर्टलले प्रकाशित गरेको समाचारलाई उद्धृत गर्दै गृहले खोज तथा उद्धारको सम्बन्धमा भारत सरकारसँग आवश्यक समन्वय गर्न अनुरोध गरेको छ।
घटनामा ४ जनाको शव भेटिएको र १५ जना बेपत्ता रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यस्तै पहिरोमा पनि बेपत्ता भएकामध्ये तीनजनाको सनाखत भएको छ । मृतक तीनैजना जुम्ला जिल्ला तातारासी गाउँपालिकाका स्थायी बासिन्दा रहेको बताइएको छ ।
Leave a Reply