काठमाडौं । नेकपा एमालेका सांसद लीलानाथ श्रेष्ठले सुन तस्करी प्रकरणको छानबिन सीआईबीले गर्न नसक्ने बताएका छन् ।
शुक्रबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद श्रेष्ठले यस्तो बताएका हुन् ।
उनले सो प्रकरणमा राष्ट्रिय, अन्तर्राष्ट्रिय गिरोह समावेश भएको भन्दै छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्नुपर्ने बताए ।
सुन तस्करी प्रकरणलाई सरकारले सामान्य रुपमा लिएको उनले बताए । हालसम्म मुख्य मान्छेलाई समात्न नसकेको भन्दै उनले सरकारको कार्यशैलीमाथि प्रश्न उठाए ।
Leave a Reply