पर्सा । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र थप चलायमान बनाउन पुँजीगत खर्च बढाउने गरी सरकारले काम गरिरहेको बताएका छन् ।
नेपाल प्रेस युनियन पर्साले शुक्रबार वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा अर्थमन्त्री डा. महतले यस्तो बताएका हुन् ।
उनले विगतमा पुँजीगत खर्च कम हुँदा आर्थिक वृद्धिदर कम भएको बताए ।
विगतमा अर्थतन्त्रमा देखिएको समस्या बिस्तारै समाधान हुँदै गएको बताउँदै उनले पछिल्लो समय विदेशी मुद्रा सञ्चितिको अवस्थामा सुधार आएको दाबी गरे ।
Leave a Reply