Online Nepal
  • शुक्रबार, २६ पुष २०८१
  • प्रधानमन्त्रीको दाबी – सीआईबीलाई सुन काण्डको जिम्मा दिनु अहिलेसम्मकै उच्चस्तरीय छानबिन

    प्रधानमन्त्रीको दाबी – सीआईबीलाई सुन काण्डको जिम्मा दिनु अहिलेसम्मकै उच्चस्तरीय छानबिन

    अनलाइन नेपाल
  • शुक्रबार, १९ साउन २०८०
  • 663
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुन तस्करी प्रकरणको अनुसन्धानको जिम्मा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई दिनु अहिलेसम्मको उच्चस्तरीय छानबिन भएको टिप्पणी गरेका छन् ।

    शुक्रबार प्रज्ञा भवन कमलादीमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    सुन तस्करी प्रकरण संगठित र अन्तरदेशीय अपराधजस्तो देखिएकाले सम्पूर्ण अनुसन्धानको जिम्मेवारी सीआईबीलाई दिइएको बताउँदै यो अहिलेसम्मको उच्चस्तरीय छानबिन भएको दाबी गरे ।



    अब राजस्व अनुसन्धान विभागले अहिलेसम्मको सम्पूर्ण अनुसन्धान सीआईबीलाई उपलब्ध गराएर दुवै निकायले मिलेर अनुसन्धान गर्ने उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार