Online Nepal
  • शनिबार, १५ मंसिर २०८१
  • स्वीडेनमा सांस्कृतिक महोत्सवमा झडप हुँदा ५० जना घाइते

    स्वीडेनमा सांस्कृतिक महोत्सवमा झडप हुँदा ५० जना घाइते

    अनलाइन नेपाल
  • शुक्रबार, १९ साउन २०८०
  • 750
    SHARES

    एजेन्सी । स्वीडेनको स्टकहोममा भएको सांस्कृतिक महोत्सवमा झडप हुँदा ५० जना घाइते भएका छन् ।

    इरिट्रियन सांस्कृतिक महोत्सवमा हिंसात्मक झडप हुँदा कम्तीमा १०० जनालाई पक्राउ गरिएको छ ।



    घाइतेमध्ये आठ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । घाइतेहरूलाई अस्पताल लगिएको छ । झडपमा तीन प्रहरी अधिकारीहरू पनि घाइते भएका छन्।



    करिब १,००० एरिट्रियन सरकार विरोधी प्रदर्शनकारीहरूले उत्सव कार्यक्रममा आक्रमण गरेको र प्रहरी अधिकारीहरूलाई ढुङ्गा प्रहार गरेका थिए ।

    तीन दशकअघि इथियोपियाबाट स्वतन्त्रता प्राप्त गरेको अफ्रिकी देशको सांस्कृतिक सम्पदालाई चिनाउन सन् १९९० को दशकदेखि इरिट्रिया-थीम्ड फेस्टिभल आयोजना गरिंदै आएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार