Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • माग सम्बोधन नभए देशभर काम ठप्प पार्ने निर्माण व्यवसायीको चेतावनी

    माग सम्बोधन नभए देशभर काम ठप्प पार्ने निर्माण व्यवसायीको चेतावनी

    अनलाइन नेपाल
  • शुक्रबार, १९ साउन २०८०
  • 684
    SHARES

    काठमाडौं । निर्माण व्यवसायीहरूले माग सम्बोधन नभए देशभर निर्माण कार्य ठप्प पार्ने चेतावनी दिएका छन् ।

    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेला भई निर्माण उपकरणसहित धर्ना दिएका व्यवसायीहरूले निर्माण कार्य ठप्प पार्ने चेतावनी दिएका हुन् ।



    पूर्ववर्ती सरकारले गरेका गल्तीहरू सच्याएर देश विकासका लागि सरकार सच्चिन आवश्यक रहेको निर्माण व्यवसायीहरूको भनाई छ ।



    उनीहरुले बजेट दिन नसक्ने आयोजनाहरू खारेज नगरे देशमा निर्माण व्यवसायीहरूको आन्दोलन थप चर्किने चेतावनी दिए ।

    व्यवसायीहरुले सार्वजनिक खरिद अनुगमन अघि सार्वजनिक खरिद ऐन तथा नियमावली तत्काल संशोधन गर, सम्पूर्ण ठेक्काको एकमुष्ट म्याद थप गर, जुनसुकै अवधिको ठेक्काको मूल्य समायोजन गर, उपभोक्ता समितिबाट हुने निर्माण कार्य खारेजिको माग गर्दै आएका छन् ।

    निर्माण व्यवसायीहरूले बजेट बिनाका आयोजनाहरू खारेज गरी मूल्य समायोजन गर्नुपर्ने, एकमुस्ट म्याद थप गर्नुपर्ने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार