Online Nepal
  • बुधबार, ९ असोज २०८१
  • भन्सार छली भित्र्याइएको सामानसहित जैसवाल पक्राउ

    भन्सार छली भित्र्याइएको सामानसहित जैसवाल पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, १९ साउन २०८०
  • 444
    SHARES

    संकेतिक तस्विर

    रुपन्देही । प्रहरीले भन्सार छली भित्र्याइएको सामानसहित एक जनालाई पक्राउ गरेको छ ।

    अवैध रुपमा भन्सार छली लुकाइराखेको ३ लाखभन्दा बढी मूल्यको मोबाइल प्रहरीले बरामद गरेको हो ।



    पक्राउ पर्नेमा सिद्धार्थनगर नगरपालिका–१३ का ४० वर्षीय विशाल जैसवाल रहेका छन् । जैसवालको साथबाट मोबाइल र त्यससँग सम्बन्धित सामान बरामद गरेको प्रहरीले जनाएको छ ।



    सिद्धार्थनगर–१३ स्थितबाट सोही ठाउँमा बस्ने जैसवालले आफ्नै घरमा भन्सार छली लुकाई छिपाई राखेको अवस्थामा विभिन्न कम्पनीका मोबाइल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

    उनको घरबाट ३६ थान स्क्रिनटच मोबाइल, १० थान विभिन्न कम्पनीको सादा मोबाइल र ६ थान पावर बैंक बरामद गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार