Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • रास्वपाको केन्द्रीय विभागमा बस्न ‘मास्टर्स’, पालिकामा १२ पास अनिवार्य

    रास्वपाको केन्द्रीय विभागमा बस्न ‘मास्टर्स’, पालिकामा १२ पास अनिवार्य

    अनलाइन नेपाल
  • बिहिबार, १८ साउन २०८०
  • 804
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय विभागका पदाधिकारी, सदस्य र प्रदेश समितिका प्रमुखका लागि स्नातकोत्तर पास हुनुपर्ने भएको छ ।

    बिहीबार बसेको केन्द्रीय समिति बैठकले यी पदका लागि स्नातकोत्तर उतीर्ण हुनुपर्ने वा सम्बन्धित विभाग अनुसारको क्षेत्रमा कम्तीमा १० वर्ष अनुभव भएको वा असाधारण क्षमता भएको हुनुपर्ने योग्यता निर्धारण गरेको हो ।



    यस्तै प्रदेश समितिका पदाधिकारी र सदस्यको लागि स्नातक उतीर्ण हुनु पर्नेछ भने स्नातक उतीर्ण नभए सम्बन्धित विभाग अनुसारको क्षेत्रमा ५ वर्षको अनुभव वा असाधारण क्षमता भएको हुनु पर्नेछ ।



    स्थानीय तहका विभाग प्रमुखका लागि कम्तीमा कक्षा १२ उतीर्ण वा विभाग अनुसारको क्षेत्रमा २ वर्षे अनुभव वा असाधारण क्षमता हुनुपर्ने मापदण्ड बनाइएको रास्वपाले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार