Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • संसदीय सुनुवाइ समितिबाट प्रस्तावित ६ राजदूतको नाम सर्वसम्मत अनुमोदन

    संसदीय सुनुवाइ समितिबाट प्रस्तावित ६ राजदूतको नाम सर्वसम्मत अनुमोदन

    अनलाइन नेपाल
  • बिहिबार, १८ साउन २०८०
  • 693
    SHARES

    काठमाडौं । संसदीय सुनुवाइ समितिबाट ६ जनाको नाम राजदूतमा सर्वसम्मत अनुमोदन भएको छ ।

    सरकारले विभिन्न मुलुक तथा कुटनीतिक नियोगका लागि सिफारिस गरेका ६ जना राजदूतको संसदीय सुनुवाइ गरेर समितिले नाम अनुमोदन गरेको हो ।



    सरकारले दुई साताअघि न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको नेपाल नियोगमा आवासीय प्रतिनिधिमा लोकबहादुर थापा, जेनेभास्थित संयुक्त राष्ट्रसंघीय नियोगका आवासीय प्रतिनिधि रामप्रसाद सुवेदी, संयुक्त अरब इमिरेट्सको राजदूतमा तेजबहादुर क्षेत्री, कुवेतको राजदूतमा घनश्याम लम्साल, थाइल्यान्डको राजदूतमा धनबहादुर ओली र फ्रान्सको राजदूतमा सुधीर भट्टराईको नाम सिफारिस गरेको थियो ।



    बुधवार र बिहीबार भएको २ दिनको संसदीय सुनुवाइपछि प्रस्तावित राजदूतहरूलाई सर्वसम्मतिले अनुमोदन गरिएको समिति सभापति ज्ञानेन्द्रबहादुर कार्कीले बताए। संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएका उनीहरूलाई अब राष्ट्रपतिले नियुक्त गर्नेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार