Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • शेखर कोइरालाले भने – ललिता निवास प्रकरणमा नेताहरु नै तानिएपछि सामसुम पार्न खोजिँदैछ

    शेखर कोइरालाले भने – ललिता निवास प्रकरणमा नेताहरु नै तानिएपछि सामसुम पार्न खोजिँदैछ

    अनलाइन नेपाल
  • बिहिबार, १८ साउन २०८०
  • 909
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले ललिता निवास,सुन काण्डमा कर्मचारी र भरियालाई मात्र पक्राउ गरिएको बताएका छन् ।

    बिहीबार नेपाल प्रेस युनियन काठमाडौंको कार्यक्रममा बोल्दै नेता कोइरालाले यस्तो बताएका हुन् । नेता कोइरालाले ललिता निवास जग्गा प्रकरण र सुन काण्डको छानबिनमा नेताहरु नै तानिने भएपछि सामसुम पार्न खोजिएको बताए ।



    कोइरालाले भने, ‘शरणार्थीपछि ललिता निवास प्रकरण आयो, त्यो इस्यु पनि अघि बढ्दै गयो ठ्याक्कै गएर रोकिएको छ किनकि माथि कोही न कोही मानिसहरु परेका छन् । अब यस्तो पनि कहिँ हुन्छ ? सुन काण्डमा संसद् अवरुद्ध गरिरहेको छ । संसद्मा कुरा राख्ने हो । संसद् अवरुद्ध गर्दा राष्ट्रलाई कति घाटा भइरहेको छ विपक्षी बुझ्न जरुरी छ ।’



    कोइरालाले ठूला नेताहरूको नाम आउन थालेपछि अर्को काण्ड ल्याउने गरिएको बताए । कोइरालले एकपछि अर्को काण्ड बाहिर आउने र माथिल्ला मान्छेहरू तानिएपछि अर्को काण्ड ल्याइने गरेको भन्दै सुनकाण्डमा पनि यही हुने बताए ।

    कुनै इस्यु आउँदा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच हुने छलफललाई मार्क गर्नुपर्ने कोइरालाको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार