Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • हिक्मत कार्कीले दिए कोशीका मुख्यमन्त्री थापालाई बधाई

    हिक्मत कार्कीले दिए कोशीका मुख्यमन्त्री थापालाई बधाई

    अनलाइन नेपाल
  • बिहिबार, १८ साउन २०८०
  • 894
    SHARES

    विराटनगर । कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले मुख्यमन्त्री उद्धव थापालाई बधाई दिँदै सफल कार्यकालका लागि शुभकामना दिएका छन्।

    कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङले संविधान मिचेको दुःख व्यक्त गर्दै मुख्यमन्त्री थापाको नेतृत्वमा पछिल्लो पटक बनेको सरकारलाई बधाई दिएका हुन् ।



    कार्कीले आफू नेतृत्वको सरकारले छोटो अवधिमा वित्तीय तथा भौतिक विकासको प्रगतिमा उल्लेख्य काम गर्न सफल भएको बताए । कार्कीले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै पुँजीगत खर्चतर्फ करिब ८५ प्रतिशतको प्रगति हासिल भएको दाबी गरेका छन् ।



    निवर्तमान मुख्यमन्त्री कार्कीले प्रदेश सभामा उपस्थित एउटा बाहेक सबै दलहरूको समर्थनमा प्रदेशको नामकरण गर्न सकिएको बताए ।

    कार्कीले प्रदेश संरचनाबारे जनतामा रहेको नकारात्मक भ्रम चिर्नका लागि प्रदेशका मन्त्रालय १३ बाट घटाएर आफूले ९ मा सीमित गरेकोले जनतामा सकारात्मक सन्देश प्रवाह भएको बताएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार