Online Nepal
  • बुधबार, २३ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्ड र अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता, के भयो कुराकानी ?

    प्रधानमन्त्री प्रचण्ड र अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता, के भयो कुराकानी ?

    अनलाइन नेपाल
  • बिहिबार, १८ साउन २०८०
  • 726
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालका लागि अमेरिकी राजदूत डीन थम्पसनबीच भेटवार्ता भएको छ ।

    प्रधानमन्त्री प्रचण्ड र राजदूत थम्पसनबीच बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो ।



    भेटमा एमसीसी कार्यान्वयन, दुई देशको सम्बन्ध, नेपालको आर्थिक विकासमा अमेरिकाले गर्नसक्ने सहयोग लगायतका विषयमा छलफल भएको थियो । राजदूत थम्सनले प्रधामन्त्री प्रचण्डसँग संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन जाने नजानेबारे चासो राखेका थिए।



    परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणको तयारी गरिरहेको छ। सेप्टेम्बरमा चीन जाने गरी भ्रमणको गृहकार्य भएपनि हालसम्म मिति तय हुन भने बाँकी रहेको छ।

    चीनले यसअघि चैत १४–१७ मा हेनान प्रान्तमा भएको ‘बोआओ फोरम फर एसिया’मा सहभागी हुन निमन्त्रणा गरेपनि अन्तिम समयमा प्रधानमन्त्री प्रचण्डले भ्रमण रद्द गरेका थिए। एमसीसी सम्झौताअनुसार अमेरिकाले नेपाललाई ५० करोड अमेरिकी डलर अनुदान दिने घोषणा गरेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार