Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • कोशीमा मुख्यमन्त्री थापासँगै तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

    कोशीमा मुख्यमन्त्री थापासँगै तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

    अनलाइन नेपाल
  • बुधबार, १७ साउन २०८०
  • 984
    SHARES

    विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

    मुख्यमन्त्री  थापालाई प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख परशुराम खापुङले शपथ गराएका हुन् ।



    थापासँगै ३ जना मन्त्रीहरूले पनि सपथ लिएका छन्। प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ को उपधारा २ अनुसार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाको समर्थन पाएका थापालाई मंगलबार मुख्यमन्त्री नियुक्त गरेका थिए।



    नवनियुक्त मन्त्रीहरुमध्ये माओवादीका बाबुराम गौतमले आर्थिक मामिला तथा योजना, एकीकृत समाजवादीका कमल जवेगुले भौतिक पूर्वाधार र कांग्रेसका प्रदीप सुनुवारले खानेपानी, सिंञ्चाइ तथा ऊर्जा मन्त्रालयको जिम्मेवारी पाएका छन्।

    कोसीमा चार सदस्यीय मन्त्रिपरिषद् विस्तार, गौतम, जबेगु र सुनुवार बने मन्त्री

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार