Online Nepal
  • बुधबार, २३ असोज २०८१
  • अन्तर्राष्ट्रिय ध्रुवीकरणको भूराजनीतिक प्रभाव नेपालमा पर्ने संकेत छ : प्रधानमन्त्री प्रचण्ड

    अन्तर्राष्ट्रिय ध्रुवीकरणको भूराजनीतिक प्रभाव नेपालमा पर्ने संकेत छ : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • बुधबार, १७ साउन २०८०
  • 489
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तर्राष्ट्रिय ध्रुवीकरणको भूराजनीतिक प्रभाव नेपालमा पर्न थालेको बताएका छन् ।

    केन्द्रीय समितिको चौथो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।



    अध्यक्ष प्रचण्डले भने,‘अन्तर्राष्ट्रिय राजनीति र क्षेत्रीय राजनीतिमा ध्रुवीकरणका नयाँ प्रक्रिया देखा परेका छन्, युद्ध र द्वन्द्व, प्रतिस्पर्धा र द्वन्द्वका सिलसिला नेपालजस्तो भूराजनीतिक संवेदनशीलता भएको देशमा त्यसको प्रभाव परिरहेको छ । अगाडिका दिनमा अझ बढी पर्ने संकेत प्रष्ट देखिएका छन् । त्यस्तो स्थितिमा राष्ट्रियतालाई सुदृढ गर्नका लागि केन्द्रीय समितिको बैठकले गहन छलफल गरेर समुचित निष्कर्ष निकाल्नु पर्नेछ ।’



    अध्यक्ष प्रचण्डले राष्ट्रिय एकता र राष्ट्रिय स्वाधीनतालाई सुदृढ गरेर लानुपर्ने चुनौती खडा भएको बताए । अध्यक्ष प्रचण्डले भूराजनीतिक संवेदनशीलता भएको देशमा अन्तर्राष्ट्रिय र क्षेत्रीय ध्रुवीकरणको प्रभाव पर्न थालेको बताए ।

    राजनीतिक प्रतिवेदनमा पनि प्रचण्डले यो कुरालाई समावेश गरेका छन् । केन्द्रीय समिति उद्‍घाटनका क्रममा प्रचण्डले नेपालमा भूराजनीतिक प्रभाव परिरहेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार