Online Nepal
  • बुधबार, २३ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्डले भने – माओवादी पार्टीजस्तो हुन सकेन, पुनर्निर्माणको अभियान थालौं

    प्रधानमन्त्री प्रचण्डले भने – माओवादी पार्टीजस्तो हुन सकेन, पुनर्निर्माणको अभियान थालौं

    अनलाइन नेपाल
  • बुधबार, १७ साउन २०८०
  • 714
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी पुनर्निर्माणको अभियान थाल्नुपर्ने बताएका छन्।

    बुधबारदेखि राजधानीको प्रज्ञा भवनमा सुरु भएको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले भने, ‘हामीसँग नेता कार्यकर्ताहरूको विशाल पङ्क्ति त छ तर पार्टी चाहिँ पार्टीजस्तो भइराखेको छैन। हामीले कम्युनिष्ट पार्टीको पुनर्निर्माणको अभियान यो बैठकबाट थाल्नु छ। मलाई विश्वास छ सबैले गम्भीरता र जिम्मेवारीका साथ पार्टी पुनर्निर्माणको अभियानको थालनी गर्ने विश्वास व्यक्त गर्छु।’



    प्रचण्डले पार्टी पार्टी जस्तो नभएकाले सुदृढीकरणको आवश्यकता औँल्याए । यो केन्द्रीय समिति बैठक पार्टीलाई व्यवस्थित बनाउने विषयमा केन्द्रीत हुने प्रचण्डको भनाइ छ । पार्टी केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै यो बैठकबाट पार्टी पुनर्निर्माणको अभियान थाल्नुपर्ने बताए।

    त्यस्तै, प्रधानमन्त्री प्रचण्डले आफू नेतृत्वको अहिलेको सरकारका गतिविधिले जनतामा नयाँ आशा पलाएको बताए ।उनले देशको राजनीतिक समीकरण र उतारचढाव तथा आन्तरिक कारणले केन्द्रीय समिति बैठक ढिला गरी बसेको पनि बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार