Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • मन्त्री पठाउने विषयमा हुँदा रोकियो मुख्यमन्त्री थापाको शपथ

    मन्त्री पठाउने विषयमा हुँदा रोकियो मुख्यमन्त्री थापाको शपथ

    अनलाइन नेपाल
  • बुधबार, १७ साउन २०८०
  • 831
    SHARES

    विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाको शपथ ग्रहण स्थगित भएको छ ।

    साढे १० बजेका लागि तय भएको मुख्यमन्त्रीको शपथग्रहण कार्यक्रम स्थगित भएको हो । मुख्यमन्त्री थापाको शपथग्रहण समय साझ ५ बजेसम्मका लागि सारिएको छ ।



    नेपाली कांग्रेस संसदीय दलका नेता थापा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाको समर्थनमा मंगलबार मुख्यमन्त्री नियुक्त भएका थिए ।



    गठबन्धनमा भागबन्डा मिलाउनका लागि मुख्यमन्त्री थापाले बिहानको शपथग्रहण बेलुकाका लागि सारेका बताईएको छ ।

    मन्त्रालयको बाँडफाट टुङ्गो लगाएर शपथग्रहण गर्ने तयारी भएकाले समय सारिएको हो । सत्तारुढ गठबन्धनभित्र नेकपा माओवादी केन्द्रले आर्थिक मामिला तथा योजना मन्त्रालय पाउने सहमति छ ।

    एकीकृत समाजवादी पार्टीले भने भौतिक पूर्वाधार मन्त्रालयमा दाबी गरेको छ । कांग्रेसभित्र पनि कसलाई सरकारमा लैजाने भन्ने विवाद छ । जसका कारण उनले शपथग्रहणको समय सारेका हुन् ।

    सभामुखबाट राजीनामा दिएका बाबुराम गाैतमलाई मन्त्री बनाउने निर्णयमा पुगेका बेला माओवादीको आन्तरिक विवादले शपथग्रहण सरेको हो ।

    प्रदेश प्रमुखको कार्यालयले मुख्यमन्त्री थापासँगको सहमतिमा नै बुधबार बिहान १० बजे मुख्यमन्त्रीको शपथग्रहण कार्यक्रम ताेकेको थियाे । शपथग्रहणमा प्रदेश प्रमुखको कार्यालयले आमन्त्रण गरेका अतिथिहरू आइसकेका बेला स्थगितको सूचना आएपछि उनीहरू फर्किन बाध्य भएका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार