काठमाडौं । काठमाडौँको न्यूरोडमा एकजना व्यापारीले ८ तला माथिबाट हामफालेका छन् ।
५५ वर्षीय संजय गुप्ताले आफ्नै घरको आठौं तलाबाट हामफालेका हुन् । घरको छतबाट हामफालेका गुप्तालाई उपचारका लागि लाँदै गर्दा मुत्यु भएको प्रहरीले जनाएको छ ।
न्यूरोडमा रहेको उक्त घरको माथिल्लो तलामा आफू बस्दै आएका थिए भने बाँकी तला व्यापारीक प्रयोजनका लागि भाडामा लगाइएको थियो।
गुप्ताको परिवार भने बालुवाटारमा रहेको अर्को घरमा बस्दै आएका थिए।
मंगलबार दिउँसो साढे १ बजे उनले हामफालेको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान थालेको छ ।
Leave a Reply