Online Nepal
  • शनिबार, १ मंसिर २०८१
  • संसदको अवरोध हटाउन प्रधानमन्त्री प्रचण्ड र ओलीसँग सभामुखको फोन वार्ता

    संसदको अवरोध हटाउन प्रधानमन्त्री प्रचण्ड र ओलीसँग सभामुखको फोन वार्ता

    अनलाइन नेपाल
  • मंगलबार, १६ साउन २०८०
  • 702
    SHARES

    काठमाडौं । संसदको अवरोध हटाउन सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीसँग फोन वार्ता गरेका छन् ।

    सत्ता पक्ष र प्रतिपक्षी दलहरूको अडानका कारण प्रतिनिधिसभा बैठक प्रभावित भएपछि सभामुख घिमिरेले जारी अवरोध हटाउन पहल थालेका हुन् ।



    सभामुख घिमिरेले आज दिउँसो १२ बजे बानेश्वरमा सदनको अवरोध खुलाउने विषयमा छलफल गर्न कार्यव्यवस्था परामर्श समितिको बैठक पनि आह्वान गरेका छन् ।



    पटक पटक सूचना टाँसेर सदन स्थगित गर्दा संसदीय अभ्यासमा गलत नजिर बस्नेतर्फ शीर्ष नेताहरूलाई घिमिरेले स्मरण गराएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार