काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमण मुक्त हुनेकाे संख्या १२ हजार ४७७ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ६०९ जना विभिन्न अस्पतालबाट डिस्चार्ज भएसँगै संक्रमणमुक्त हुनेको संख्या १२ हजार ४७७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । याे संख्या कुल संक्रमितकाे ६९.३४ प्रतिशत हाे ।
मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले नियमित मिडिया ब्रिफिङमा थप ६०९ जना डिस्चार्ज भएसँगै सक्रिय संक्रमितको संख्या ५ हजार ४७७ जना रहेको पनि उनले जानकारी दिए । यस्तै हालसम्म ७ जिल्ला कोरोनाभाइरस संक्रमणमुक्त बनेका छन् । जसमा भोजपुर पाँचथर, संखुवासभा धनकुटा, रसुवा, मनाङ र मुस्ताङ जिल्ला रहेका छन् ।
Leave a Reply