Online Nepal
  • मंगलबार, ११ मंसिर २०८१
  • रास्वपा आएपछि सरकारले भ्रष्टाचारका फाइल खोल्यो : रवि लामिछाने

    रास्वपा आएपछि सरकारले भ्रष्टाचारका फाइल खोल्यो : रवि लामिछाने

    अनलाइन नेपाल
  • सोमबार, १५ साउन २०८०
  • 897
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले रास्वपाको उपस्थितिले सडकदेखि सदनसम्म पुराना दलहरू चलायमान बनेको बताएका छन् ।

    सोमबार रास्वपा सुदूरपश्चिम९काठमाडौं भेलालाई सम्बोधन गर्दै रास्वपाका सभापति लामिछानेले यस्तो बताएका हुन् ।  सभापति लामिछानेले आफ्नो दलको उदयका कारण सरकारलाई पुराना भ्रष्टाचारका फाइल खोल्न प्रेरणा मिलेको बताए ।



    सभापति लामिछानेले भने,’जसरी भ्रष्टाचारविरुद्ध बुलन्द आवाज उठाउँदै रास्वापा घण्टी बजाउँदै अगाडि आयो। सम्भवत त्यो आगमनलाई सरकारलाई कुनै न कुनै रुपमा पुराना भ्रष्टाचारका फाइल खोल्न प्रेरणा दिएको हुनुपर्छ । लागेको हुनुपर्छ अहिले नै फायरिङ नखोले ८४ सम्म के हो के हो ! त्यसकारण यो संकेत देखिएको छ।’



    सरकारले सुशासनको छनक देखाइरहेको उनको भनाइ छ । उनले रास्वपाले २०८४ सालपछि आफ्नो नीति कार्यान्वयन गर्न सरकार बनाउनैपर्ने बताए ।

    सभापति लामिछानेले विदेशमा भएकाहरुलाई पनि अहिलेदेखि नै २०८४ को निर्वाचनमा भोट हाल्न आउन आफ्नो काम गर्ने ठाउँमा अहिलेदेखि नै बिदा भनिराख्न आग्रह गरे ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार