काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका प्रमुख सचेतक सन्तोष परियारबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री प्रचण्ड र प्रमुख सचेतक परियारबीच प्रधानमन्त्री निवास बालुवाटारमा आज भेटवार्ता भएको हो ।
भेटमा संसद्को भूमिका प्रभावकारी बनाउने विषयमै कुराकानी केन्द्रित रहेको बताईएको छ । छलफलमा संसदीय समितिका सभापति चयनमा ढिलाइ भइरहेको विषयले पनि प्रवेश पाएको थियो ।
प्रधानमन्त्रीले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा पनि चासो राखेका थिए।
कानुन, न्याय तथा मानव अधिकार समितिले उपसमिति बनाएर त्यसमा छलफल गरिरहेको छ। उपसमितिमा परियार पनि छन्।
Leave a Reply