Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • को हुन् क्विन्टल सुन तस्करी प्रकरणमा पक्राउ परेका दावा ? माओवादीका नेताहरुसँग ‘कनेक्सन’ !

    को हुन् क्विन्टल सुन तस्करी प्रकरणमा पक्राउ परेका दावा ? माओवादीका नेताहरुसँग ‘कनेक्सन’ !

    अनलाइन नेपाल
  • आइतबार, १४ साउन २०८०
  • 2.3K
    SHARES

    काठमाडौं । राजस्व अनुसन्धान विभागले आइतबार बिहान पक्राउ गरेका काठमाडौंको ठमेलस्थित होटल भियनाका सञ्चालक तिब्बती मूलका बेल्जिमयका नागरिक दावा छिरिङ चिनियाँ गिरोह भित्राउने नाइके रहेको खुलेको छ ।

    अवैध रुपमा विमानस्थलबाट भित्रिएको १०० किलो सुन प्रकरणमा पक्राउ परेका दावाको चिनियाँ व्यक्ति संलग्न भएर नेपालमा हुने हरेकजसो अपराधमा कनेक्सन भएको खुलेको हो । स्रोतका अनुसार चिनियाँ आपराधिक गिरोहका सदस्यलाई नेपाल ल्याउने नाइके बेल्जियन नागरिक दावा पहिल्यै प्रहरी अनुसन्धानमा परेको व्यक्ति हुन् ।



    एक क्विन्टल सुन तस्करी प्रकरणमा अनुसन्धान गरिरहेको राजस्व अनुसन्धान विभागको टोलीले आइतबार ठमेलको होटल भियनामा छापा मारेर उनलाई पक्राउ गरेको थियो ।



    प्रहरीले ७ पुस २०७६ मा काठमाडौंमा उपत्यकाका विभिन्न स्थानमा ‘सर्च एण्ड एरेष्ट’ अपरेसन चलाएर एकैदिन १२२ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो । त्यसक्रममा हाल सुन प्रकरणमा पक्राउ परेका दावा पनि अनुसन्धानको दायरामा परेको स्रोतले बतायो । छिरिङ जुन होटलबाट पक्राउ परे, उक्त होटल उनकै श्रीमतीले संचालन गर्दै आएकी थिइन् ।

    यो त्यही होटल हो, जुन होटल चिनियाँ आपराधिक गिरोहले सञ्चालन गरेको भनी एक वर्षअघि नै खुलेको थियो । २०७९ साउन ११ गते प्रहरीले यस होटलमा छापा मारी केही चिनियाँ नागरिकहरुलाई पक्राउ गर्नुको साथै केही सामानसमेत बरामद गरेको थियो । नेपालमा हुने अनलाइन जुवा, अनलाइन ठगी, लोन, एमएस, अश्लिल भिडियो देखाएर हुने ब्लयाकमेलिङ ठगी लगायतमा उनको संलग्नताका प्रमाणहरु देखिएको प्रहरी स्रोतको भनाइ छ ।

    सुन तस्करीका नाइके दावा छिरिङका साथ पुर्व उपराष्ट्रपति पुत्र दिपेश पुन

    तिब्बती मुलका दावासँग नेपालको र बेल्जियमको दोहोरो नागरिकता रहेको पनि आरोप छ । दावाले रोल्पाकी अमला रोकासँग विवाह गरेका छन् । यस्तै अवैध रुपमा विमानस्थलबाट भित्रिएको १०० किलो सुन प्रकरणमा छिरिङलाई पक्राउ गरेसँगै सुन प्रकरणमा माओवादी पार्टीका उच्च पदस्थ व्यक्तिहरुसँगको कनेक्सन हुनसक्ने आधार देखिन थालेका छन् ।

    छिरिङ र उनकी श्रीमतीले पटक–पटक माओवादीका नेताहरुसँग भेट्ने गरेको खुलेको छ ।

    पक्राउ परेका छिरिङ माओवादीका नेता वर्षमान पुन र पूर्वसभामुख ओनसरी घर्ती मगरसँगै बसेको तस्बिर यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । सुन प्रकरणमा पक्राउ परेका छिरिङसँगको फोटो सार्वजनिक भएसँगै माओवादी पार्टीभित्र भने खैलाबैला मच्चिएको छ । दावा सुन प्रकरणमा पक्राउ पर्ने १८ औँ व्यक्ति हुन्।

    सुन तस्करीका नाइके दावा छिरिङसँग पुर्व उपराष्ट्रपति पुत्र दिपेश पुनको बिशेष सम्बन्ध रहेको खुलेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार