Online Nepal
  • बुधबार, २३ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्डले भने – भ्रष्टाचारविरुद्ध जेहाद छेडिएको छ, यो राजनीतिक स्टन्ट होइन

    प्रधानमन्त्री प्रचण्डले भने – भ्रष्टाचारविरुद्ध जेहाद छेडिएको छ, यो राजनीतिक स्टन्ट होइन

    अनलाइन नेपाल
  • आइतबार, १४ साउन २०८०
  • 789
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार र बेथितिविरूद्ध सरकारले चालेको अभियान राजनीतिक स्टन्ट नभएको स्पष्ट पारेका छन्।

    समाजवादी मोर्चामा आवद्ध घटकका विद्यार्थी सङ्गठनको मोर्चा घोषणा सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले भने, ‘राज्यको सम्पत्ति व्यक्तिले दोहन गर्नेविरूद्ध अभियान थालिएको छ। तस्करीविरूद्ध जेहाद छेडिएको छ। यो कदम रोकिनेवाला छैन। अझै अगाडि बढ्छ। यो लडाइँ जित्नैपर्छ। यो आवेग र राजनीतिक स्टन्टको कुरा पनि होइन। नेपाली जनताको हितका लागि गरिएको हो।’



    भ्रष्टाचारका अरू धेरै फाइल खुल्ने प्रधानमन्त्री दाहालले बताए। एक्लै प्रधानमन्त्री र सरकारले जित्ने लडाइँ नभएकाले त्यसमा जनताको साथ र समर्थन जरूरी रहेको उनले स्पष्ट पारे।

    प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारविरूद्धको अभियानमा समाजवादी मोर्चाको समर्थन चाहिएको बताए । उनले अहिलेका अभियान बेपत्ता, घाइते र अपाङ्गको सपना साकार गर्ने लडाइँका रूपमा चित्रण गरे।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार