Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • आजबाट काठमाडौंमा प्लास्टिकको पातलो झोलामा प्रतिबन्ध, अनुगमनमा नगर प्रहरी !

    आजबाट काठमाडौंमा प्लास्टिकको पातलो झोलामा प्रतिबन्ध, अनुगमनमा नगर प्रहरी !

    अनलाइन नेपाल
  • आइतबार, १४ साउन २०८०
  • 894
    SHARES

    फाइल तस्विर

    काठमाडौं । काठमाडौ महानगरपालिकाले आइतबारदेखि ४० माइक्रोन भन्दा पातलो प्लास्टिकको झोलाको उत्पादन, आयात, बिक्री बितरणको अनुगनम तीब्र बनाउने भएको छ ।

    त्यसका लागि काठमाडौं महानगरपालिकाको वातावरण विभागले तालिम दिएका ५० जना नगर प्रहरीलाई माइक्रोन नाप्ने मसिनसहित अनुगमनमा खटाउन लागेको हो ।



    महानगरपालिकाले यही श्रावण १ गतेदेखि ४० माइक्रोन भन्दा पातलो माइक्रोनको प्लास्टिकको झोला, प्लास्टिकको पुष्पगुच्छा, र मालामा प्रतिबन्ध लगाइसकेको छ ।



    यसअभि २०७२ साल बैशाख १ गतेदेखि लागु हुने गरी ४० माइक्रोन भन्दा पातलो प्लास्टिकमा प्रतिबन्ध लगाइएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार