Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • अविरल वर्षापछिको पहिरोले यस्तो बनायो पृथ्वी राजमार्ग (फोटो फिचर)

    अविरल वर्षापछिको पहिरोले यस्तो बनायो पृथ्वी राजमार्ग (फोटो फिचर)

    अनलाइन नेपाल
  • मंगलबार, ६ साउन २०७७
  • 3.7K
    SHARES

    काठमाडौं । आइतबार रातिदेखि परेको अविरल वर्षाका कारण पृथ्वी राजमार्गका विभिन्न स्थानमा पहिरो गएको छ ।

    वर्षाले पृथ्वी राजमार्गका विभिन्न भागमा पहिरो जाँदा आवागमन ठप्प भएको छ । चितवन सिमानामा रहेको खहरे मौवा खोलाले मुख्य राजमार्गको पुल जोड्ने सडकको केही भाग बगाउँदा आवागमन रोकिएको हो ।





    उक्त पुल भत्केपछि काठमाडौंतर्फ जाने सयौं सवारीसाधन मुग्लिङ फर्केका छन् । बेनीघाटको जोगीमारा हुग्दी खोलादेखि मौवा खोलासम्म ९ स्थानमा पहिरो खसेको छ भने विभिन्न स्थानमा ठूला चट्टानहरू सडकमा खसेका छन् ।

    बेनिघाट रोराङ गाउँपालिका धादिङमा मौवा खोवा र दवाङ खोला नजिक गएको पहिरोमा परि ५ वटा स्काभेटर, ७ वटा टिपर तथा अन्य केही सवारी साधनहरु काेही पुरिएका छन् भने काेही बगेका छन् ।

    पृथ्वी राजमार्गको मुग्लिन–नौबिसे सडकखण्डमा साना–ठूला २०० भन्दा बढी पहिरो खसेका छन्।

    तस्विरहरू : दानबहादुर गुरुङ/चितवन

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार