Online Nepal
  • मंगलबार, ४ मंसिर २०८१
  • धादिङमा गाँजासहित एक महिला पक्राउ

    धादिङमा गाँजासहित एक महिला पक्राउ

    अनलाइन नेपाल
  • शनिबार, १३ साउन २०८०
  • 1.3K
    SHARES

    धादिङ । धादिङमा गाँजासहित प्रहरीले महिलालाई पक्राउ गरेको छ । शनिबार बिहान साढे ९ बजे थाक्रे गाउँपालिका २ बाट प्रहरीले एकजना महिलालाई पक्राउ गरेको हो ।

    मकवानपुर थाहा नगरपालिका-७ बस्ने ३१ वर्षीय सर्मिला मगरबाट १९५० ग्राम गाँजा (पोल्यान्ड) बरामद भएको हो । मकवानपुरबाट आउँदै गरेको बा ५ ख ६५९० नम्बरको बसमा चेक जाँच गर्दा १९५० ग्राम गाँजा फेला परेको हो ।



    उक्त बसमा सवार मगरको झोला प्रहरीले चेक गरेको थियो । त्यसमा टेपले बेरेको दुई वटा पोका बरामद भएको थियो ।



    उक्त पोका हेर्दा गाँजा फेला परेको इलाका प्रहरी कार्यालय खानीखोलाले जनाएको छ । उनीमाथि प्रहरीले थप अनुसन्धान अघि थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार