एजेन्सी । नाइजरमा सेनाका जनरलले आफूलाई देशको नयाँ नेता घोषणा गरेका छन् । जिहादीबाट अतिप्रभावित अफ्रिकी राष्ट्रको नयाँ नेता घोषणा गरेका उनले आफ्नो कदमविरुद्ध हुने कुनै पनि विदेशी सैन्य हस्तक्षेपले अराजकता निम्त्याउने चेतावनी दिएका हो ।
सन् २०११ देखि राष्ट्रपतिका प्रमुख सुरक्षाकर्मी रहेका जनरल अब्दुरहामाने त्चियानीले राष्ट्रिय टेलिभिजनबाट मुलुकको सुरक्षाका लागि राष्ट्रिय परिषद्को अध्यक्ष समेत बनेको घोषणा गरेका छन् ।
सार्वजनिक जीवनबाट टाढै रहेका पाँच दशकको उमेरका उनले जिहादीको आक्रमण र रक्तपातले देशको सुरक्षा स्थितिमा ह्रास आएकाले आफूले सैन्य विप्लव गरेको तर्क गरेका छन् ।
आतंकवादविरुद्धको लडाइँमा छिमेकी बुर्किना फासो र मालीसँगको कुनै किसिमको सहयोग एवम् साझेदारी नगर्ने उल्लेख गर्दै जनरल अब्दुरहामाने त्चियानीले उनीहरूको सुरक्षा दृष्टिकोण र दायरामाथि प्रश्न गरेका छन् ।
साथै, उनले प्रजातान्त्रिक रूपमा निर्वाचित राष्ट्रपतिबाट सत्ता हत्याएकामा अन्तर्राष्ट्रिय निन्दाको पर्वाह नगरी विदेशी सैन्य हस्तक्षेपबाट आउने गम्भीर परिणामको चेतावनी दिएका छन् ।
Leave a Reply