Online Nepal
  • बुधबार, १० पुष २०८१
  • राजश्व नतिरी उम्किएको कन्टेनर एक करोडको सामानसहित बरामद

    राजश्व नतिरी उम्किएको कन्टेनर एक करोडको सामानसहित बरामद

    अनलाइन नेपाल
  • शनिबार, १३ साउन २०८०
  • 1.7K
    SHARES

    झापा । मेची भन्सार कार्यालय काँकडभिट्टाबाट भन्सार नतिरी उम्किएको एउटा कन्टेनर झापा प्रहरीले नियन्त्रणमा लिएको छ।

    भारतबाट अवैध रूपमा नेपाल भित्रिएको कन्टेनरलाई प्रहरीले मेचीनगर–६ स्थित ट्राफिक पोष्ट छेउबाट नियन्त्रणमा लिएको हो।



    ना ६ ख ४९०२ नम्बरको उक्त कन्टेनरमा एक करोड भन्दा बढी रुपैयाँको सामान रहेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ। कन्टेनर भित्र बाजा बजाउने झ्याम्टा, हुक्का तान्ने सिसा, साबुन लगायत फेला परेको प्रहरीले जनाएको छ।



    नियन्त्रणमा लिइएका कन्टेनरमा २० लाखको अफजल फ्लेवर ८० कार्टुन, ७३ लाख ९५ हजार बराबरको दुई हजार ४ सय ६५ केजी काँसको झ्याम्टा, १२ हजार ५ सयको २५ कार्टुन बारबरको लुगाधुने साबुन लगायत अन्य सामान पनि बरामद भएको छ।

    १ करोड १ लाखको सामान र २० लाखको गाडीसहित १ करोड २१ लाख २७ हजार ५ सय मूल्य राखेर आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरीलाई बुझाउन पठाइएको झापा प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार