काठमाडौं । महाकाली नदीमा जलसतह सतर्कता तहमा पुगेको छ। बिहान साढे ९ बजे महाकाली नदीको जलसतह ५.८७ मापन भएको हो ।
जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान् महाशाखाका अनुसार महाकाली नदी पारीगाउँ बाढीमापन केन्द्रको जलसतह सतर्कतातह आसपास रहेको जनाएको छ ।
जलसतहको सतर्कता तह ५.८० मिटर र खतराको तह ७ मिटर कायम गरिएको छ।
महाकालीमा आज दिनभर जसलसतह सतर्कता तहमै रहने महाशाखाले जनाएको छ ।
कमला नदीका साना सहायक नदीमा बहाव बढ्ने तथा केहिमा आकस्मिक बहावको जोखिम रहेकोले सतर्कता अपनाउन अनुरोध गरिएको छ।
Leave a Reply