Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • आगलागीपछि करेन्ट लागेर लमजुङमा ७३ वर्षीय वृद्धको मृत्यु

    आगलागीपछि करेन्ट लागेर लमजुङमा ७३ वर्षीय वृद्धको मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, १२ साउन २०८०
  • 540
    SHARES

    फाइल तस्विर

    काठमाडौं । ग्यास लिक भएर आगलागी भएपछि करेन्ट लागेर लमजुङमा ७३ वर्षीय वृद्धको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा मर्स्याङ्दी गाउँपालिका-६, बाहुनडाँडा दिङदिङका लक्षीबहादुर अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।



    शुक्रबार बिहान आफ्नै घरमा खाना पकाउने क्रममा ग्याँस लिक भई लागेको आगो निभाउने क्रममा अचानक विद्युत्‌को तारमा छोएर करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु हो ।



    घरमा आगलागीपछि निभाउने क्रममा सामान्य घाइते भएका ४२ वर्षीय डिलप्रसाद अधिकारीको भने स्वास्थ्य चौकी बाहुनडाँडामा उपचार भइरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार