Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • कोशी प्रदेशमा कांग्रेसलाई मुख्यमन्त्री दिन हामी तयार छौं : हिक्मत कार्की

    कोशी प्रदेशमा कांग्रेसलाई मुख्यमन्त्री दिन हामी तयार छौं : हिक्मत कार्की

    अनलाइन नेपाल
  • शुक्रबार, १२ साउन २०८०
  • 1.2K
    SHARES

    विराटनगर । नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीले आफूहरु नेपाली काग्रेससंग मिलेर सरकार चलाउन तयार रहेका बताए छन् ।

    विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता कार्कीले प्रदेशको समृद्धिको लागि एमाले बाधक नहुने बताएका हुन् ।



    नेता कार्कीले कोशी प्रदेशमा सत्तारुढ गठबन्धनको प्रमुख दल नेपाली कांग्रेससँग मिलेर आधा–आधा कार्यकाल सरकार चलाउन तयार रहेको बताए ।



    नेता कार्कीले भने, ‘मुख्यमन्त्री दिन हामी तयार छौं । बहुमत नभएपछि मुख्यमन्त्री दिन पनि तयार हुनुपर्छ । प्रजातन्त्र, सुशासनका लागि काङ्ग्रेससँग कुरा मिले हामीसँगै सरकार बनाएर जान सक्छौं । हामी ओपन छौं ।’

    उनले प्रजातन्न्त्र संस्थागत गर्नेदेखि अन्य कुरा मिलेमा कांग्रेससँग मिलेर सरकार चलाउन तयार रहेको बताए।

    सभामुख बाबुराम गौतमको समेत हस्ताक्षेर संलग्न गरी सरकार गठन गरेका मुख्यमन्त्री उद्धव थापाको नियुक्त सर्वोच्चले बदर गरिदिएपछि कोशी प्रदेशमा सरकार गठनको नयाँ प्रक्रिया सुरु भएको छ।

    थापाको सरकारलाई अवैधानिक ठहर गर्दै सर्वोच्चले साउन १७ गतेसम्म नयाँ सरकार गठन गर्न पनि आदेश दिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार