Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • पुरानै मन्त्रिमण्डल लिएर कोशी प्रदेशको कामचलाउ मुख्यमन्त्रीमा पदबहाली गर्दै कार्की

    पुरानै मन्त्रिमण्डल लिएर कोशी प्रदेशको कामचलाउ मुख्यमन्त्रीमा पदबहाली गर्दै कार्की

    अनलाइन नेपाल
  • शुक्रबार, १२ साउन २०८०
  • 675
    SHARES

    काठमाडौं । कोशी प्रदेशमा नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले शुक्रवार कामचलाउ सरकारको मुख्यमन्त्रीमा पदवहाली गर्ने भएका छन ।

    सर्वोच्च अदालतको फैसलाले नेपाली कांग्रेस संसदीय दलका नेताको नियुक्तिलाई असंवैधानिक घोषणा गरिदिएपछि तत्कालीन मुख्यमन्त्री कार्की पुनः पदवहाली गर्ने भएका हुन् ।



    अब साउन १७ गतेसम्मका लागि कार्की कामचलाउ मुख्यमन्त्री हुनेछन् । सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरेसँगै कामचलाउ सरकारको जिम्मा उनले पाएका छन् ।



    पुनः कार्कीको पदबहालीसँगै उनी मुख्यमन्त्री रहँदा विभिन्न मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्रीहरू पनि मन्त्रालय जाने बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार