Online Nepal
  • आइतबार, १३ असोज २०८१
  • दाइलाई कुटेर फरार भएका श्यामध्वज पक्राउ

    दाइलाई कुटेर फरार भएका श्यामध्वज पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, ११ साउन २०८०
  • 624
    SHARES

    फाइल तस्विर

    सिन्धुली । आफ्नै दाइलाई कुटेर फरार भएका एक जना पक्राउ परेका छन्।

    पक्राउ पर्नेमा सिन्धुलीको मरिण गाउँपालिका-४ लामिदमारका श्यामध्वज काल्तान रहेका छन्।



    काल्तानलाई गत साउन ३ गते दाई रामध्वजलाई कुटपिट गरी गम्भीर घाइते बनाएको अभियोगमा पक्राउ गरिएको हो।



    तामा राखेको बोराका विषयमा विवाद हुँदा काल्तानले दाजुलाई ढोकामा लगाएको आग्लोले टाउको र काँधमा प्रहार गरी गम्भीर घाइते बनाएका थिए।

    उनलाई इलाका प्रहरी कार्यालय कपिलाकोट सिन्धुलीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

    उनलाई पनि जिल्ला अदालत सिन्धुलीबाट पाँच दिनको म्याद थप गरी कुटपिट तथा अंगभंग मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार