Online Nepal
  • बिहिबार, २९ कार्तिक २०८१
  • सेयर बजार २९.७१ अंकले घट्याे, शिवम सिमेन्टको कारोबार अब्बल

    सेयर बजार २९.७१ अंकले घट्याे, शिवम सिमेन्टको कारोबार अब्बल

    अनलाइन नेपाल
  • बिहिबार, ११ साउन २०८०
  • 729
    SHARES

    काठमाडौं । आर्थिक वर्ष (आव) २०८०-८१ को मौद्रिक नीति सार्वजनिक भएयता लगातार चौथो दिन पनि सेयर बजार ओरालो लागेको छ ।

    बिहीबार नेप्से सूचक २९.७१ विन्दुले घटेर २१२६.४८ अंकमा आएको छ । २९ अंकले नेप्से घटेको बजारमा आज २ अर्ब ४२ करोड ५७ लाख ८० हजार रुपैयाँ बराबरको ६२ लाख ७१ हजार कित्ता सेयर किनबेच भएको छ ।



    १३ वटा उपसूचकहरु आज सबै ऋणात्मक भएका छन् । आज शिवम् सिमेन्ट्सको सेयरमा लगानीकर्ता झुम्मिएका छन् । यो कम्पनीको १० करोड ५७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । यो कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६१५ रुपैयाँ कायम भएको छ ।



    एनआइसी एसिया फ्लेक्जी क्याप फण्ड, मनकामना स्मार्ट लघुवित्त, इमर्जिङ नेपाल, अभियान लघुवित्तसहितका धितोपत्रको मूल्य बिहीबार धेरैले बढेको छ ।

    त्यस्तै, प्रोग्रेशिभ फाइनान्स, माइखोला हाइड्रोपावर, मिथिल्ला लघुवित्त, बरुण हाइड्रोपावरलगायतका अन्य कम्पनीको सेयरमूल्य घटेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार