Online Nepal
  • आइतबार, २ मंसिर २०८१
  • सुन तस्करी प्रकरणमा गृहमन्त्री र अर्थमन्त्रीमाथि पनि अनुसन्धान गरौँ : देवेन्द्र दाहाल

    सुन तस्करी प्रकरणमा गृहमन्त्री र अर्थमन्त्रीमाथि पनि अनुसन्धान गरौँ : देवेन्द्र दाहाल

    अनलाइन नेपाल
  • बिहिबार, ११ साउन २०८०
  • 540
    SHARES

    काठमाडौं । राष्ट्रियसभा सांसद देवेन्द्र दाहालले तस्करीलाई संरक्षण गर्ने सरकारले एक क्वीन्टल सुन तस्करी प्रकरणमा छानविन गर्न नसक्ने बताएका छन् ।

    आज बसेको राष्ट्रियसभाको बैठकमा बोल्दै सांसद दाहालले सुन तस्करी प्रकरणमा छानविन गर्न उच्च स्तरीय छानविन समिति गठन गर्न माग गरेका हुन् ।



    सांसद दाहाललेसुन प्रकरणमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठमाथि प्रश्न उठेको बताए। प्रश्न उठेपछि राजीनामा दिनुको सट्टा गृहमन्त्रीले फुर्ति देखाउँदै हिँडेको सांसद दाहालको आरोप छ।



    सांसद दाहालले भने, ‘यो गम्भिर विषय गृहमन्त्रीको संलग्नताबिना हुन सक्ला र ? नैतिकताको विषय होइन । उहाँले सुरक्षालाई व्यवस्थित गर्न सकिन भनेर राजीनामा दिनुपर्थ्यो । अब गृहमन्त्री र अर्थमन्त्री पनि अनुसन्धानको घेरमा रहनुपर्छ ।’

    सांसद दाहालले तस्करीलाई संरक्षण गर्ने सरकारको छानविन गर्न नसक्ने भन्दै उच्च स्तरीय छानविन समिति गठन गर्न माग गरे ।

    उनले राष्ट्रियसभालाई पनि समेटेर विश्वासिलो संसदीय समिति नभए नभए उच्च स्तरीय न्यायिक समिति गर्न गर्न माग गरे।

    उनले सुन प्रकरणमा माओवादी उपाध्यक्ष कृष्णबहादुर महराको बाउछोराको पनि नाम जोडिएकाले छानविन गर्न माग गरे।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार