Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • ऋण मिनाहाको माग गर्दै नयाँ बानेश्वरमा लघुवित्त पीडितको प्रदर्शन

    ऋण मिनाहाको माग गर्दै नयाँ बानेश्वरमा लघुवित्त पीडितको प्रदर्शन

    अनलाइन नेपाल
  • बुधबार, १० साउन २०८०
  • 642
    SHARES

    काठमाडौं । लघुवित्तीय संस्था विरुद्धको संघर्ष समिति नेपालले आज नयाँ बानेश्वरमा गरेको छ ।

    काठमाडौंमा न्याय माग्न आएका लघुवित्तीय संस्था पीडितहरूले आज संसद भवन घेराउ गर्न नयाँ बानेश्वर पुगेका हुन् ।



    सुरक्षाकर्मीले नयाँ बानेश्वर चोक नपुग्दै रोकेपछि उनीहरूले त्यही प्रदर्शन गरेका थिए। निषेधित क्षेत्र तोडेर संसद भवनतर्फ बढ्न थालेपछि प्रहरीले केही आन्दोलनकारीलाई नियन्त्रणमा लिएको छ ।



    घेरा तोडेर संसद भवनको गेटमा पुगेका केही पीडितहरूलाई भने प्रहरीले पक्राउ गरेको छ । प्रदर्शनकारीले लघुवित्त संस्थालाई ‘नव–सामन्ती’ भन्दै ऋण मिनाहा हुनपर्ने माग राखेका छन् ।

    पीडितहरूले लुघवित्तलाई खारेज गर्नुपर्ने, सावाँसहित व्याज मिनाहा गर्नुपर्ने, पीडितलाई न्याय दिनुपर्ने र ऋण उठाउने क्रममा आफूहरूमाथि दुर्व्यवहार गर्नेलाई कारबाहीको माग राखेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार