Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • सोबिता गौतमको प्रस्टीकरण – तोकिएकै समयभित्र चुनाव खर्च बुझाएको हुँ

    सोबिता गौतमको प्रस्टीकरण – तोकिएकै समयभित्र चुनाव खर्च बुझाएको हुँ

    अनलाइन नेपाल
  • मंगलबार, ९ साउन २०८०
  • 681
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोबिता गौतमले आफूले निर्वाचन आयोगले तोकेकै समयभित्र चुनाव खर्च बुझाएको स्पष्ट पारेकी छिन् ।

    आयोगले मंगलबार चुनावको खर्च विवरण सार्वजनिक नगर्नेको सूचीमा गौतमको पनि नाम समावेश गरेपछि उनले तोकेकै समयभित्र चुनाव खर्च बुझाएको स्पष्ट पारेकी हुन् ।



    आयोगले कानुनको गलत व्याख्या गरी बिना कानुनी आधार आफ्नो नामको दुरुपयोग गरेर चुनाव खर्च नबुझाउनेहरूको सूचीमा राखेको भन्दै उनले ध्यानाकर्षण भएको बताइन् ।



    ‘निर्वाचन आयोगले कारबाही गर्न उल्लेख गरेको निर्वाचन (कसुर तथा सजाय) ऐन २०७३ दफा ३१ (४) बमोजिम मेरो नाम पर्नुपर्ने कुनै कानुनी आधार देँखिदैन । निर्वाचन आयोगले कानुनको गलत व्याख्या गरी, बिना कानुनी आधार मेरो नाम दुरुपयोग गरेकोमा निर्वाचन आयोगको ध्यानाकर्षण गराउन चाहन्छु,’ उनले भनेकी छन् ।

    उनले आफूले ०७९ मंसिर २८ गते नै जिल्ला निर्वाचन कार्यालय काठमाडौंमा निर्वाचन खर्च विवरण पेस गरेको दाबी गरेकी छिन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार