Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • देशलाई भ्रष्टाचारले चारैतिरबाट गाँजेको छ : शेखर काेइराला

    देशलाई भ्रष्टाचारले चारैतिरबाट गाँजेको छ : शेखर काेइराला

    अनलाइन नेपाल
  • मंगलबार, ९ साउन २०८०
  • 678
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर काेइरालाले देशलाई भ्रष्टाचारले चारैतिरबाट गाँजेको बताएका छन् ।

    बीपीको ४१ औं स्मृति दिवसको अवसर पारेर मंगलबार काठमाडौमा आयोजित कार्यक्रममा बोल्दै नेता कोइरालाले यस्तो बताएका हुन् ।



    नेता कोइरालाले भ्रष्टाचारमा शून्य सहनशिलता नअपनाए पार्टीको औचित्य समाप्त हुने बताए ।



    नेता कोइरालाले भने, ‘भ्रष्टाचारले देशलाई चारैतिर अत्यन्त गम्भीर तरिकाले गाँजिएको मैले पाइराखेको छु । जता हेर्‍यो, जसरी हेर्‍यो, जहाँ हेर्‍यो त्यहीं भ्रष्टाचार देखिन्छ । यो केन्द्रीय समितिपछिको नेपाली कांग्रेस भ्रष्टाचारमा शून्य सहनशिलताको हिसाबले हामी अगाडी बढ्नै पर्छ । नत्रभने नेपाली काग्रेसको औचित्य समाप्त हुन्छ ।’

    उनले भ्रष्टाचारमा शून्य सहनशिलता नअपनाए नेपाली कांग्रेसको औचित्य समाप्त बताए । नेता कोइरालाले राज्यले नै दण्डहिनतालाई बढाउने प्रयास गरिराखेको दाबी गरे ।

    फौजदारी मुद्दा लागेका व्यक्तिलाई राजनीतिक मुद्दा भनेर छुट दिन लागिएको उल्लेख गर्दै उनले यस्ता कुराले देशको छवि अन्तर्राष्ट्रिय स्तरमा धुमिल बनाएको बताए ।

    उनले राज्यले नै दण्डहिनतालाई बढाउने प्रयास गरिराखेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार