Online Nepal
  • बुधबार, १० पुष २०८१
  • सुशासन स्थापित गर्न उच्च नेताहरूको सम्पत्ति छानबिन गर्नुपर्छ : कानुनमन्त्री गुरुङ

    सुशासन स्थापित गर्न उच्च नेताहरूको सम्पत्ति छानबिन गर्नुपर्छ : कानुनमन्त्री गुरुङ

    अनलाइन नेपाल
  • मंगलबार, ९ साउन २०८०
  • 705
    SHARES

    काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले उच्च स्तरका नेताहरूको सम्पत्ति छानबिन गर्न आयोग गठन गर्ने बताएका छन्।

    बीपी स्मृति सप्ताह कार्यक्रममा बोल्दै कानुनमन्त्री गुरुङले सबै नेताको सम्पत्ति छानबिन गर्न आयोग गठन गर्ने बताएका हुन् ।



    कानुनमन्त्री गुरुङले भने,’सुशासन स्थापित गर्ने हो भने उच्च नेताहरूको सम्पत्ति छानबिन गर्नुपर्छ। नीति तथा कार्यक्रममा उच्च स्तरका नेताहरूको सम्पत्ति छानबिन गर्ने कुरा लेखिसकेपछि मैले भन्नैपर्छ नेपाल सरकारले ढिला चाँडो उच्च तहका नेताहरूको सम्पत्ति छानबिन आयोग गठन गरेरै छाडिन्छ। प्रधानमन्त्रीसँग मन्त्रीको हैसियतले बसेर भनेको छु अघि बढ्नुस् एउटापछि अर्को फाइल खोल्दै जाने, जोजो पर्छन् पर्छन् कांग्रेस, एमाले, माओवादी कोको पर्छन् मलाई थाहा छैन ।’



    उनले नेताहरूको सम्पत्ति छानबिन नगर्ने हो भने आफूहरू पनि उही ड्यांगको मुला सावित हुने बताए। उनले सरकारले भ्रष्टाचारका ठूल्ठूला फाइलहरू खोल्दै जाने बताए।

    प्रधानमन्त्री पुष्पकमल दाहाललाई पनि मन्त्रीको हैसियतमा भेटेर यो कुरा सुझाव दिएको उनको भनाइ छ। कानुनमन्त्री गुरुङले यसका निम्ति आफू मन्त्री पद छाड्न पनि तयार रहेको बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार