काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले अबको आफूहरूको अजुनदृष्टि १५औं महाधिवेशन हुने बताएका छन् ।
वीपी स्मृति सप्ताह कार्यक्रममा बोल्दै कानूनमन्त्री समेत रहेका गुरुङले यस्तो बताएका हुन् ।
कानूनमन्त्री गुरुङले भने, ‘हामीले पार्टी रुपान्तरणको अभियान लिएर १४औं महाधिवेशनमा उठेका थियौं । त्यो रुपान्तरणको अभियान सकिएको छैन । विश्राम लिएका छैनौं । अहिले नै रुपान्तरणको नाम पार्टी सभापति बदल्ने कि नबदल्ने भन्ने प्रश्न पनि उठ्छ ।
तर, पनि मैले भन्दै आएको छु १४औं महाधिवेशनपछि नपुग्ने र नहुने कुरा गर्न चाहन्न । मैले अहिले नै खरो ढंगबाट पार्टी सभापति बदल्नुपर्छ भन्ने चाहन्नँ, सक्दिनँ । भन्दिन पनि । अब पार्टी रुपान्तरणको लागि १५ औं महाधिवेशनलाई लक्ष्य बनाएका छौं ।’
कानूनमन्त्री गुरुङले पार्टी रुपान्तरणका लागि १५औं महाधिवेशनमा डा। शेखर कोइरालाई सभापति बनाएरै छाड्ने बताए ।
उनले शेखर कोइरालालाई उम्मेदवारमात्रै नभई सभापतिमै स्थापित गराउने बताए ।
Leave a Reply