काठमाडौं । स्वस्थ्य मन्त्री मोहनबहादुर बस्नेतले हरेक फार्मेसीले अस्पतालको औषधि खरिद गर्न दिएको अनुमतिबारेको तथ्याङ्क अडिट गर्ने बताएका छन्।
मंगलबार वीर अस्पतालमा अनुगमन र निरीक्षण गर्ने क्रममा उनले प्रेसक्रिप्सन अडिट गर्ने घोषणा गरेका हुन् ।
सामान्य टाउको दुखेको मान्छेलाई सिटामोल खाएर हुने ठाउँमा एमआरआई गर सिटिस्क्यान गर यस्तो गर उस्तो गर भन्ने क्रम प्रवृत्ति बढेको भन्दै त्यसलाई निरुत्साहित गर्नुपर्ने बताए ।
मन्त्री बस्नेतले भने, ‘अब हामी प्रेसक्रिप्सन अडिट गर्छौ। प्रेसक्रिप्सन अडिट गर्ने अधिकार छ। अडिट गर्दा त्यो प्रेसक्रिप्सन गलत देखियो भने कारवाही हुन्छ।’
फार्मेसीहरुलाई नियममा राख्न र कतिपय डाक्टरहरुले विर्सेका कुरा पनि उनिहरुलाई थाहा हुने हुँदा यस्तो नियमहरु लागु गर्ने उनको भनाई छ।
Leave a Reply