काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले आज वीर अस्पतालको छड्के अनुगमन गरेका छन्।
मन्त्री बस्नेतले बिरामीहरुले महसुस हुने गरि सुधार भएको देखिने गरि वीर अस्पतालको सेवा सुविधा सुधार गर्न नेतृत्वलाई निर्देशन दिएका छन् ।
वीर अस्पतालको सेवा सुविधा नसुध्रेसम्म देशका अन्य स्वास्थ्य संस्थाको सेवा सुधार गर्न नसकिने बताउँदै मन्त्री बस्नेतले सबैभन्दा पहिले वीरको सेवा सुविधा सुधार हुनु पर्नेमा जोड दिए ।
मंगलबार बिहान स्वास्थ्यमन्त्री बस्नेतले वीर अस्पतालका सम्पूर्ण विभागहरुको छड्के गरेका हुन्।
Leave a Reply