Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • पहिरो पन्छाइएसँगै खुल्यो नारायणगढ–मुग्लिन सडक

    पहिरो पन्छाइएसँगै खुल्यो नारायणगढ–मुग्लिन सडक

    अनलाइन नेपाल
  • मंगलबार, ९ साउन २०८०
  • 621
    SHARES

    चितवन । चितवनको कालिखोलामा खसेको पहिरो पन्छाएसँगै नारायणगढ–मुग्लिन सडक सञ्चालनमा आएको छ ।

    इच्छाकामना गाउँपालिका–४ स्थित कालिखोलामा बिहान ७ बजे पहिरो खसेको थियो । पहिरोग्रस्त क्षेत्रबाट अलिअलि ढुंगा झरिरहेकाले मंगलबार बिहान केहीबेर अवरूद्ध रहेको र अहिले दुवैतर्फ सञ्चालनमा रहेको सडक डिभिजन भरतपुरले जनाएको छ ।



    सडक डिभिजनबाट तैनाथ अवस्थामा राखिएको उपकरणद्वारा तत्कालै पहिरो हटाएर यातायात सञ्चालन गराइएको हो । चितवनमा पछिल्लो ३ घण्टादेखि भारी वर्षा भइरहेको छ।



    लगातारको भारी वर्षासँगै उक्त सडकखण्ड अवरुद्ध हुने क्रम बढेको छ। यसअघि गत असारमा पनि उक्त सडकखण्डमा पटक–पटक पहिरो गएर अवरुद्ध भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार