Online Nepal
  • शनिबार, १९ असोज २०८१
  • पहिरो खसेपछि सिद्धार्थ राजमार्ग र कालीगण्डकी कोरिडोर अवरुद्ध

    पहिरो खसेपछि सिद्धार्थ राजमार्ग र कालीगण्डकी कोरिडोर अवरुद्ध

    अनलाइन नेपाल
  • मंगलबार, ९ साउन २०८०
  • 576
    SHARES

    फाइल तस्विर

    पाल्पा । अविरल वर्षातका कारण सडकमा पहिरो खसेपछि सिद्धार्थ राजमार्ग र कालीगण्डकी कोरिडोर अवरुद्ध बनेको छ ।

    गएरातिदेखि परेको अविरल वर्षात्का कारण सिद्धार्थ राजमार्गको तिनाउ–३, स्थित दोभान नजिकै पहिरो खसेको हो ।



    पहिरो खसेपछि अवरुद्ध बनेको सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । यस्तै कालीगण्डकी कोरिडोर अन्तर्गत रम्भाको विभिन्न स्थानमा पहिरो खस्दा सडक अवरुद्ध बनेको छ ।



    मङ्गलबार बिहानैदेखि सडक खुलाउने प्रयास भए पनि पानी नरोकिँदा पहिरो हटाउन समस्या भएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार