Online Nepal
  • बिहिबार, १३ मंसिर २०८१
  • चुनावमा तीन मत अब स्वतः विव्यस अध्यक्ष !

    चुनावमा तीन मत अब स्वतः विव्यस अध्यक्ष !

    अनलाइन नेपाल
  • मंगलबार, ९ साउन २०८०
  • 561
    SHARES

    फाइल फोटो

    काठमाडौं । ‘घुमी फिरी रुम्जाटार’ भने झैँ विद्यालयको व्यवस्थापन समिति (विव्यस) पराजित व्यक्तिकै पोल्टामा आइलाग्ने भएको छ । पुतली सडकस्थित पद्मोदय माध्यमिक विद्यालय विव्यसमा गत वर्ष पराजित वडाध्यक्षलाई फेरि सोही पद आइलाग्न लागेको हो ।

    गत २०७९ असार ११ गते भएको पद्मोदय माविको विव्यस निर्वाचनमा पराजित वडा नं. २८ का वर्तमान वडाध्यक्ष भाइराम खड्गी काठमाडौँ महानगरपालिकाको नयाँ नीतिका कारण विव्यस अध्यक्ष हुने भएका छन् । उनलाई तुल्सीप्रसाद अगस्तीले पराजित गरेका थिए । वर्तमान विव्यस अगस्तीले ५१ र खड्गीले तीन मत पाएका थिए ।



    २०७९ वैशाखमा सम्पन्न वडाध्यक्षको निर्वाचनमा भारी मत ल्याएर विजयी खड्गीले विव्यसको निर्वाचनमा भने तीन मत मात्र पाए । वडाध्यक्षलाई सामुदायिक विद्यालयका विव्यस अध्यक्ष हुने व्यवस्था गर्न गत असार ३० गते सम्पन्न कामपा नगरसभाले सबै विव्यस भङ्ग गर्ने निर्णय गरेको थियो ।



    शिक्षावृत्तमा अहिले त्यसको चर्को विरोध भइरहेको छ । यस विषयमा धारणा तय गर्न सोमबार कामपाभित्रका ८९ विद्यालयका विव्यस अध्यक्षको बैठक बसेको थियो । यो निर्णयको प्रमाणीकरण हुन बाँकी छ । गोरखापत्र दैनिकबाट

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार