Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • नवलपरासीको देउराली र आसपासको क्षेत्रमा भारी वर्षा मापन, सतर्क रहन आग्रह

    नवलपरासीको देउराली र आसपासको क्षेत्रमा भारी वर्षा मापन, सतर्क रहन आग्रह

    अनलाइन नेपाल
  • मंगलबार, ९ साउन २०८०
  • 684
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नवलपरासीको देउराली र आसपासको क्षेत्रमा पछिल्लो तीन घण्टामा भारी वर्षा मापन भएको छ । बाढी पूर्वानुमान महाशाखा ट्विटरमार्फत् विनयीलगायत ससाना खोलाहरूको बहाव बढ्ने जोखिम रहेको जानकारी दिएको हो ।

    नदी तटीय क्षेत्रमा बसोबास गर्ने तथा यात्रामा निस्किनेहरूले सतर्कता अपनाउनु पर्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।



    तिनाउ नदी बाढीमापन केन्द्र बुटबलमा जलसतहले खतरा तह पार गरेको छ । र, जल सतह अझै बढ्दो क्रममा रहेको छ । तिनाउ नदीका तटीय क्षेत्र र आसपास डुबान हुनसक्ने होचा स्थानमा हुनेहरू दिउँसो १२ बजेसम्म सुरक्षित स्थानमा बस्न महाशाखमले आग्रह गरेको छ ।



    नवलपरासी, रुपन्देही, पाल्पा, प्युठान र आसपासको स्थानमा भारी वर्षा मापन भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार